काठमाडौं, १७ साउन । एमाओवादी नेता एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति जन्मनुको विकल्प नरहेको दाबी गर्नु भएको छ ।
एमाओवादी निकट समाजवादी अध्ययन तथा सम्बाद केन्द्र बुटवलले शनिवार बुटवलमा आयोजना गरेको अन्तर सम्बाद कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
दलहरु रुपान्तरण हुन नसके आवश्यकता अनुसार नयाँ शक्ति जन्मने उहाँले ठोकुवा गर्नुभयो । दलहरु पुरानै तथा परम्परावादी ढंगले अघि बढ्न खोजेकाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत विकास गर्न समयले नै नयाँ शक्तिको माग गरेको उहाँको तर्क थियो ।
















प्रतिक्रिया