१ कार्तिक २०८३, आइतबार

सुनकोसी आफै बग्न थाल्यो, अझै बाढीको खतरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkoshi4

सिन्धुपाल्चोक, १७ साउन । सिन्धुपाल्चोकको जुरेमा पहिरो गएर सुनकोसी नदीमा थुप्रिएको पहाड छिचोलेर पानी बग्न थालेको छ ।

पहिरोले थुनिएको १० घण्टापछि पहिरो नाघेर पानी आफैं बगेको हो । विस्फोट गराएर नदीको प्राकृतिक बहाव खोल्न नेपाली सेनाले दुई पटक बिस्फोट गरेलगत्तै सुनकोसी नदी पहिरो झरेको राजमार्ग पट्टिको भागबाट आफैं बग्न थालेको हो ।

सुनकोसी आफैं बगे पनि नदी किनार आसपासका बस्ती जोखिममा पर्ने खतरा भने देखिएको छ । जुरेमा पहिरो भासिएर बनेको तालबाट नदी बग्न थालेपछि नेपाली सेनाले सर्वसाधारणलाई बाढी आउने भन्दै सुरक्षित स्थानमा जान सूचना जारी गरेको छ।

बिहान तीन बजे खसेको भीषण पहिरोले सुनकोशी नदी थुनिएर झण्डैं चार किलोमिटर लामो ताल बनेको थियो । तर, ताल फुट्ने खतरा भने नभएको बताइएको छ ।

सम्भावित खतारबाट हुने क्षति न्यूनीकरणका लागि सेनाका दुई हेलिकप्टर तयारी अबस्थामा छन्।