३० आश्विन २०८३, शुक्रबार

फोनबाट युवती जिस्क्याउनेलाई १५ हजार जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mobile-love

जाजरकोट, १७ साउन । फोनमार्फत युवती जिस्क्याएको आरोपमा पक्राउ परेका जाजरकोट अर्छानीका तीन जना युवालाई १५ हजार जरिवाना गरिएको छ ।

खलङ्गा गाविस वडा नं ६ रिसागकी १६ वर्षीया सुशीला थापालाई फोनमार्फत पटकपटक जिस्क्याएपछि अछानी गाविस वडा नं ५ का नवराज शाही, केशव बस्नेत र नायकवाडा–६ का रवीन्द्र शाहलाई प्रहरीले १५ हजार जरिवाना गरेको हो ।

सुशीलाको भतिज नाता पर्ने लक्ष्मण विसीको मोबाइलमा फोन गर्छु भनी यी तीन जनाले सुशीलाको फोन नम्बरमा पटकपटक फोन गरी जिस्क्याएको प्रहरीले बताएको छ ।

सुशीलाले मलाई तपार्इंहरु जथाभावी नबोल्नुहोस् प्रहरीलाई खबर गरिदिन्छु भन्दा, प्रहरी भनेका को हुन् र भनेर धम्क्याएका थिए । जिल्ला प्रहरी कार्यालयमा सुशीलाले उजुरी गरेका आधारमा तीनै जनालाई पक्रेर सोधपुछ गर्दा उनीहरुले जिस्क्याएको प्रहरी समक्ष स्वीकार गरेका थिए ।

जथाभावी केटीलाई जिस्क्याउनुका साथै गाली बेइज्जती गरेको भन्दै प्रहरीले तीनै जनाबाट १५ हजार जरिवाना गरेको हो । तीनै जना केटाले अबदेखि केटीलाई त्यस्तो व्यवहार नगर्ने भनि जिल्ला प्रहरी कार्यालयमा कागज गरेका छन् । ती तीनै जना एसएलसीको आंशिक परीक्षार्थी हुन् ।