३० आश्विन २०८३, शुक्रबार

७० वर्षीय वृद्धको गैँडाको आक्रमणबाट मृत्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaida1chatwan

चितवन,१७ साउन । चितवनको माडीमा गैँडाको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ । चितवनको गर्दी–६ वनकट्ठामा चिया खान जाने क्रममा गैँडाले हानेर स्थानीय ७० वर्षीय चैते बोटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शुक्रवार अपराह्न गैँडाले हानेर गम्भीर घाइते भएका उनको गएराति उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव अहिले अस्पतालमै राखिएको छ ।

साउन महिनामै जङ्गली जनावरको आक्रमणमा परी दुई जनाको ज्यान गइसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कमा गएको दुई वर्षको अन्तरालमा चितवन निकुञ्जबाट निस्किएको जङ्गली जनावरका कारण २० जनाको ज्यान गइसकेको छ ।

अन्य २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जङ्गली जनावरमध्ये हात्तीको आक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।