१ कार्तिक २०८३, आइतबार

सुनकोशीको विपत: उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन, संकटग्रस्त क्षेत्र घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala

काठमाडौँ, १७ साउन । प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान करिब ३ बजे सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले अवरुद्ध भएको सुनकोसी नदीलाई सावधानीपूर्वक सहज र सुरक्षित निकास दिएर जनधन तथा भौतिक संरचना जोगाउन गृृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले राम्चे–५ को जुरेमा गएको ठूलो पहिरोले नदी थुनिएर नदीको सतह १३० मीटरभन्दा माथि आएको र त्यसले जुरेका घरहरु डुबानमा पार्नुको साथै राजमार्गसमेत अवरुद्ध भएको जानकारी आएपछि सो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा आज बिहान जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री कोइरालाले सुरक्षाका सबै निकाय, स्थानीय प्रशासन र प्राकृतिक प्रकोप व्यवस्थापनसँग सम्बन्धित निकायबीच आवश्यक समन्वय गरी नदी तालिएको स्थान वरपर र नदीको तल्लो तटीय किनाराका बस्तीका बासिन्दाहरुलाई सुरक्षित क्षेत्रमा सार्न निर्देशन दिनुभएको उल्लेख छ ।

प्रधानमन्त्री कोइरालाले सावधानीपूर्वक सुरक्षितरुपमा तालिएको नदीको निकास खोल्न र तालिएको स्थानको तल्लोतटीय क्षेत्रमा सुरक्षा सावधानी अपनाउन स्थानीय जनतालाई सचेत गराउन पनि निर्देशन दिनुभएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।

सरकारले बाढीबाट प्रभावित सुनकोसी क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दैछ ।