३० आश्विन २०८३, शुक्रबार

सिडिओकै घरमा पेस्तोल हानेर प्रहरीको आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goli-prahar-pestol

सुर्खेत, १७ साउन । प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेको सुरक्षार्थ खटिएका एक प्रहरी जवानले पेस्तोलले बायाँ कन्चटमा हानेर आत्महत्या गरेका छन् ।

ढिकपुर–७ दाङ घरभएका २८ वर्षीय शिवकुमार केसीले शुक्रबार साँझ आफू बस्ने क्वाटरमै सुरक्षागार्ड कमान्डरले प्रयोग गर्ने ७.६२ एमएमको चाइनिज पेस्तोलले हानेर आत्महत्या गरेका हुन् ।

कमान्डर प्रहरी हबलदार नवराज श्रेष्ठ ड्युटी सकेर नुहाउन गएका बेला प्रहरी जवान केसीले सिरानमुनि राखेको पेस्तोल आफैँमाथि प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

घटनालगत्तै केसीलाई उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याएपछि मृत घोषणा गरिएको थियो । क्वाटरभित्र गोली पड्केको ड्युटीमा रहेका प्रहरी जवानले सुनेका थिए । प्रहरी जवानले क्वाटरभित्र धुँवाको मुस्लो देखेपछि सुरक्षागार्ड कमान्डरलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाका प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा केसीले केही समय अगाडि मात्रै श्रीमतीसँग फोनमा कुरा गरेको थियो ।