१ कार्तिक २०८३, आइतबार

जापान कामदार पठाउन नयाँ म्यानपावर कम्पनीलाई पनि अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesik-rojgar

काठमाडौं, १७ साउन । सरकारले जापान कामदार पठाउनका लागि नयाँ म्यानपावर कम्पनीलाई पनि अनुमति दिने भएको छ । विगतमा अनुमति पाएका कम्पनीले अपेक्षाअनुसार कामदार पठाउन नसकेपछि नयाँ कम्पनीलाई खुला गर्न लागिएको हो ।

यसअघि कामदार पठाउने अनुमति नपाएका केही कम्पनीले आफूहरु कामदार जापान पठाउन इच्छुक रहेको बताएपछि नयाँ लाई खुला गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

सरकारले जापान कामदार पठाउनका लागि जापान इन्टरनेसनल ट्रेनिङ को अपरेसन अर्गनाइजेसन मा सूचीकृत हुन म्यानपावर कम्पनीलाई यही साउन महिनाभरिको समय दिएको छ । आवेदनका आधारमा प्रक्रिया पुगेका कम्पनीलाई कामदार पठाउन अनुमति दिइने अधिकारीले बताएका छन् ।