काठमाडौं, १७ साउन । पैसा लिएर समयमै वैदेशिक रोजगारीमा नपठाएको भन्दै दुई युवाले एक मेनपावर एजेन्टको अपहरण गरेका छन् ।
रुपन्देहीका प्रकाश न्यौपाने र नवलपरासीका खेमानन्द पाण्डेले चितवन जगतपुरका हरिबहादुर खातीको अपहरण गरेका हुन् । अपहरणमा संलग्न न्यौपाने र पाण्डेसहित चारजनालाई पक्राउ गरी प्रहरीले अपहरित खातीको बिहीबार उद्धार गरेको छ । चितवन प्रहरीले नवलपरासीको कावासोतीबाट चारजनालाई पक्राउ गरी खातीको उद्धार गरेको नयाँ पत्रिकामा खबर छ । प्रहरीका अनुसार मंगलबार बिहान खाना खाइरहेको अवस्थामा खातीको अपहरण भएको थियो ।
अपहरण गरी कावासोतीको प्रहरीचौकीसँगै रहेकोखेमानन्द पाण्डेका काका जीवानन्द पाण्डेको घरमा उनीहरुले बन्धक बनाएका थिए । बिहीबार चार लाख ६५ हजार रुपैयाँको कागज गराएपछि मात्र उनीहरुले खातीलाई आफन्तसँग कुराकानी गर्न दिएका थिए । आफन्तले खबर गरेपछि आफूहरुले उद्धार गरेको चितवनका एसपी प्रद्यम्न कार्कीले बताए ।
















प्रतिक्रिया