काठमाडौँ, १६ साउन । सार्वजनिक संस्था कर्मचारी संगठनले नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट पेसागत तथा ट्रेड युुनियनका क्षेत्रबाट केन्द्रीय सदस्यमा निर्वाचित पाँच अग्रजलाई आज बधाई तथा सम्मान गरेको छ ।
राजधानीमा कार्यक्रममा विजयी सदस्य डा विजयकुमार पौडेल, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, चूडामणि जङ्गली र दिनेश राईलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ ।
एमालेको महाधिवेशनले श्रमिक (ट्रेड युनियन) र पेसागत क्षेत्रलाई विधानबाटै संख्या निर्धारण गरी पहिलो पटक केन्द्रीय कमिटीमा निर्वाचित गरेको हो । यस्तै केन्द्रीय लेखा आयोगमा निर्वाचित सदस्य डा प्रभा वज्राचार्य, शिव अधिकारी र हरिकुमार श्रेष्ठलाई पनि सम्मान गरियो ।
पेसागत महासंघ नेपालका पूर्व इन्जार्चसमेत रहनुभएका डा पौडेलले सार्वजनिक संस्थानले जनतालाई उचित उपलब्ध गराउन सकेको / नसकेका बारे अध्ययन गरी आएको निचोडका आधारमा त्यसलाई सुधार्न आवश्यक रहेको बताउँदै आफ्नो पार्टी सेवा क्षेत्रलाई स्पष्ट नीति र योजनाका साथ अघि बढाउन प्रतिबद्ध रहेको जनाउनुभयो ।
वैकल्पिक केन्द्रीय सदस्य जंगलीले एमालेका सबै निकाय र संरचनामा कम्तीमा १० प्रतिशत स्थान श्रमिक र पेसागत क्षेत्रलाई दिनुपर्नेमा जोड दिनुभयो । संगठनका अध्यक्ष कृष्णमान श्रेष्ठले सार्वजनिक संस्थानमा राजनीतिक हस्तक्षेपका कारण सेवाक्षेत्र धरासायी बन्दै गएकाले संवेदनशील बन्नुपर्ने बताउनुभयो ।
















प्रतिक्रिया