३० आश्विन २०८३, शुक्रबार

विश्वकप फुटबलको जर्सी संकलन गरेर हुम्लामा सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football-jursey

काठमाडौं, १६ साउन । गत शनिवार विहानै काठमाडौको मुटु वसन्तपुरमा एक हुल युवा भेला भए । भेला भएका युवाका साथमा थियो, विभिन्न देशका फुटवल जर्सी । युवाहरुले कार्यक्रमलाई औपचारिकता सँगै सुरु गरे अनि थाले जर्सी संकलन अभियान । जसको अगुवा थिए सुनसरीका सन्तोष पाण्डे र मोरङ्गका अशोक खनाल ।

अभियानसँगै युवाले कार्यक्रमको आयोजनाको सान्र्दभिकता प्रष्ट पारे । हालै व्राजिलमा सम्पन्न भएको विश्वकप फुटवलमा ३२ राष्टका खेलाडीले भाग लिए । सो खेलमा सर्मथकले ती देशलाई हौस्याउन देश अनुसारका जर्सी खरिद गरे । अहिले विश्वकप सकिएपछि ती जर्सी कतिले थन्काउन थाले, त कहिले च्यातेर फाल्न थाले । यही मेसोमा केही जुझारु युवाले जर्सी संंकलन अभियान सुरु गरे, जसलाई अहिले अभियानकै अगाडि बढाइएको छ । जर्सी अभियानका बारे अशोकले भने ‘हामीले संकलन गरेको जर्सी विकट कर्णाली क्षेत्रका बालबालिकालाई वितरण गर्नेछौै ।’

साप्ताहिक रुपमा सुरु गरिएको जर्सी संकलन अभियानको पहिलो दिन नै करिव ३०० थान जर्सी र अन्य कपडा संकलन भएपछि युवाहरु हौसिएका छन् । काठमाडौका विभिन्न कलेजमा अध्ययन गर्दै गरेका यी युवाहरुले यो अभियानलाइ देशव्यापी वनाउने लक्ष्य राखेका छन् । यसै अन्तरगत सुनसरीको इटहरीमा पनि जर्सी संकलन अभियान सुरु भएको छ ।

गरिव परिवारमा जाडोमा हुने कपडा अभावलाइ यसरी संकलन गरिएको जर्सी अभियानबाट केही राहत पुग्ने युवाहरु वताउँछन् । सामाजिक सन्जाल मार्फत छलफल गरेर सुरु गरिएको यो अभियानमा अहिले अन्य क्षेत्रवाट पनि सहयोग आउन थालेको युवाहरु वताउँछन् ।

अभियानबाट संकलित जर्सी र अन्य कपडालाइ देशमा हुने प्राकृतिक प्रकोप र विपन्नतालाई पहिचान गर्न सक्ने कुनै राष्ट्रियस्तरको सामाजिक संस्थामार्फत वितरण गर्ने युवाहरुको योजना छ । युवाहरुले हरेक शनिबार काठमाडौंको वसन्तपुरमा जर्सी संकलन जारी राख्ने भएका छन् ।