काठमाडौँ, १६ साउन । शुक्रवार व्यवस्थापिका संसदमा सामाजिक व्यवहार सुधार ऐन संशोधनका विषयमा रमाइलो बहस भयो ।
नेपालमा ३८ वर्षपछि संशोधन हुन लागेको उक्त ऐनका बारेमा बोल्दै सभासद जीवनकुमारी घिमिरे सभामुखसामु रमाइलो गरी प्रस्तुत हुनुभयो ।
उहाँले मायाप्रेम र लभले धेरै युवायुवतीको जीन्दगी विगारेको भन्दै यस्तो विकृति रोक्न विधेयकमा केही व्यवस्था गर्नुपर्ने माग राख्नुभयो ।
गृहमन्त्री वामदेव गौतमले उक्त ऐन संशोधनका लागि विधेयक पेश गरेपछि त्यस विषयमा भएको छलफलमा भाग लिने क्रममा घिमिरेले यस्तो माग गर्नुभएको हो ।
उहाँले पञ्चायतकालमा बनेको सामाजिक सुधार ऐनका धेरै प्रावधान काम नलाग्ने भइसकेको भन्दै बर्थडे र डेटिङ, सेटिङमा समेत भड्किलो शैली भित्रिएर बिकृति बढेकाले यस्तो विकृति रोक्ने गरी ऐन ल्याउनु पर्नेमा जोड दिनुभयो ।
सभासद कमलाकुमारी घिमिरेले बिभिन्न चाडपर्वका नाममा हुने भड्किलो र खर्चिलो शैली रोक्ने प्रावधान थपिनुपर्नेमा जोड दिनुभयो ।
धादिङबाट प्रत्यक्षतर्फ चुनाव जित्नु भएका एमाले सभासद गुरु बुर्लाकोटीले दाइजो र तिलक नाम नराखी छोरीलाई बाबुआमाले सम्पत्ति दिन पाउने प्रावधान हुनुपर्नेमा जोड दिनुभयो ।
तराई मधेशका सभासदहरु रामचन्द्र साह तेली, आशा यादव, रञ्जना सरकारलगायतले बिहेमा दाइजो, तिलक प्रतिबन्ध लगाउने मात्र होइन, ठूलो आवाजमा बाजा बचाउनसमेत प्रतिबन्ध लगाउनुपर्ने माग राख्नुभयो ।
















प्रतिक्रिया