धनुषा, १६ साउन । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट धनुषाले ७४ केजी चाँदीसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चाँदीसहित धनुषा रम्दैमा–१ का ३० वर्षीय दीलकुमार साहा, जनकपुर–१६ कपिलेश्वर का २८ वर्षीय उमेश यादव तथा भारतको दरभङ्गा छतरीया का रोशनकुमार साहा र प्रकाश गुप्तालाई शुक्रवार पक्राउ गरेको हो ।
अवैध रुपमा चाँदी चोरीनिकासी गरी भारततर्फ लैजान लागेको भन्ने सुराकीका आधारमा एपीएफ टोलीले साह र गुप्तालाई रंगेहात पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरेपछि सोधपुछ गर्ने क्रममा अन्य दुई जनालाई पनि पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयामा बुझाएको छ ।
उनीहरुले सानोसानो दाना आकारको चाँदीलाई प्लाष्टिकको प्याकेटमा हालेर प्याकेटलाई कम्बरदेखि कुमसम्मको कपडाको मालामा फिट गरेर निकासी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
















प्रतिक्रिया