१ कार्तिक २०८३, आइतबार

कृष्ण अधिकारी हत्या आरोपी रिहा, नन्दप्रसाद र गंगामायाको अवस्था जटिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nanda-prasad-adhikari-and-ganga-maya-couple

चितवन, १६ साउन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा वारेन्ट जारी गरिएका १३ मध्ये तीन जना धरौटीमा रिहा भएका छन् ।

वारेन्ट जारी गरेको ७०औं दिनमा बिहीबार जिल्ला अदालत चितवनमा हाजिर भएका हिमलाल अधिकारी, कालीप्रसाद अधिकारी र मेघनाथ पौडेल धरौटीमा छुटेका हुन् । अदालतमा उपस्थित भएसँगै उनीहरूसँग बयान लिइएको थियो ।

बयानपछि मुख्य न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले थुनछेक बहसपछि धरौटिमा छाड्ने आदेश दिएको अदालतका नासु जयनारायण आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमलालले रु २७ हजार र कालीप्रसाद र मेघनाथ रु २०÷२० हजार बुझाएर धरौटी बुझाएर रिहा भएका हुन् । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कृष्णप्रसादका बुवाआमा २९१ दिनदेखि वीर अस्पतालमा अनसनमा हुनुहुन्छ ।

वीर अस्पतालले अधिकारी दम्पत्तीलाई बचाउन नसक्ने जनाएको छ ।