काठमाडौँ, १५ साउन । व्यवस्थापिका –संसद् सार्वजनिक लेखा समितिको सभापतिमा एमाओवादीका जनार्दन शर्माको एक मात्र उम्मेदवारी परेको छ ।
उहाँका प्रस्तावकमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र समर्थकमा एमाओवादीका डोरप्रसाद उपाध्याय रहनुभएको छ । शुक्रबार बिहान ११ बजे संसद् सचिवालय सिंहदरबारमा निर्वाचनका लागि समय तोकिएको सचिवालयले जनाएको छ । सो पदमा उम्मेदवारीका लागि बिहीबार साँझ ५ बजेसम्मका लागि समय तोकिएको थियो ।
लामो समयदेखि संसद् अन्तर्गतका विभिन्न समिति सभापतिविहीन भएपछि सभामुख सुवासचन्द्र नेम्वाङले लेखा समितिको सभापतिको निर्वाचन गर्न निर्देश गर्नुभएको थियो । सांसद शर्माको एक मात्र उम्मेदवारी परेकाले सो समितिको सभापतिमा उहाँ निर्विरोध निर्वाचित हुनुहुने भएको छ ।
















प्रतिक्रिया