३० आश्विन २०८३, शुक्रबार

कोइराला उर्जा सम्झौता गर्ने पक्षमा: प्रधानमन्त्रीका सल्लाहकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pararastrabid
काठमाडौ, १५ साउन । परराष्ट्रविदहरुले नेपाल–भारतवीच टुटेको राजनीतिक सम्बन्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले जोडने विश्वास व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले अहिलेसम्म भारतको ब्यूरोक्रेसी र सुरक्षा निकायले नेपालसँगको सम्बन्धलाई डिल गर्दै आएकोमा मोदीको भ्रमण त्यसलाई तोडेर राजनीतिक रुपमा सम्बन्ध विस्तार गर्न अवसर प्रदान गर्ने बताए ।

साक्षात्कारमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जिवि नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण दुई देशवीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन फलदायी हुने विश्वास ब्यक्त गर्दै भारत विश्वको उदयमान अर्थतन्त्र भएकोले यो भ्रमणबाट आर्थिक कुटनीतिको नयाँ अध्याय सुरुवात गर्नुपर्नेमा जोड दिए ।
मोदीको नेपाल भ्रमणलाई अवसरको संज्ञा दिदै उनले उर्जा, जलस्रोत, जडिबुटी, आईटी र शैक्षिक क्षेत्रमा दुई देशवीच नयाँ ढंगले सहकार्यलाई अगाडि बढाउनु पर्ने आवश्यकता औल्याए ।

डा.  नेपालले भारतसँग नेपाललाई प्राथमिकतामा राखेर उर्जासम्झौता हुने स्पष्ट पार्दै प्रधानमन्त्रीले सबै दलहरुलाई यो विषयमा विश्वास दिलाई सकेको जानकारी दिए । उनले नेपालको अधिकांश आयात र निर्यात भारतसँग भएकोले नेपालको आर्थिक क्रान्तिको लागि भारतसँगको सहकार्य आवश्यक रहेकोमा जोड दिदै भारतपछि अब अरु देशहरुसँग समेत विप्पा सम्झौता गरेर नेपालमा लगानी आर्कषित गर्नुपर्ने बताए ।

पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले मोदीको भ्रमण दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने अवसर भएकोले यसमा विवाद नगरि सबै सफल बनाउन तिर लाग्नुपर्ने बताए ।

उनले सम्बन्धलाई विश्वासमा रुपान्तरण गर्न पनि उर्जासम्झौता गर्नै पर्नेमा जोड दिदै अब भारतसँगको सम्बन्धलाई आर्थिक कुटनीतिसँग जोडेर अघि बढाउनु पर्ने बताए ।
आचार्यले १९५० लगायतका सन्धी सम्झौताहरुमा विवाद नगरि विज्ञहरुलाई राखेर विवाद समाधान गर्नुपर्ने सुझाव समेत दिए ।

पूर्व भारतका लागि नेपाली राजदुत डा दुर्गेशमान सिंहले नेपाललाई अहिलेसम्म भारतको ब्यूरोक्रेसी र सेक्यूरिटीले हेर्न गरेकोमा मोदीको भ्रमण त्यो सम्बन्धको अन्त्य भई राजनीतिक सम्बन्ध विस्तारको अवसर भएको भन्दै यसले दुई देशवीचको सम्बन्ध नयाँ उचाईमा पुर्याउने ढोका खोल्ने विश्वास ब्यक्त गरे ।

उनले उर्जा सम्झौता सडकमा ल्याएर बखेडा झिक्ने भन्दा पनि विज्ञहरुवीच छलफल गराएर समाधान गर्ने विषय भएको भन्दै १९५० को सन्धी प्रचण्डकै पालामा पुनरावलोकन गर्न समिति गठन भईसकेकोले त्यसलाई अघि बढाउने काम गर्नु पर्ने बताए ।

अर्का परराष्ट्रविद डा राजन भट्टराईले नेपाल र भारतवीचको सम्बन्ध जनता जनतावीचको सम्बन्ध भएकोले जुन सुकै नयाँ सम्झौता गर्दा र पुराना सम्झौता पुनरावलोकन गराउँदा अत्यन्तै संबेदनशिल हुनु पर्नेमा जोड दिए ।

परराष्ट्रविद्ध हिरण्यलाल श्रेष्ठले १७ वर्ष पछि भारतीय प्रधानमन्त्रीको हुन लागेको भ्रमण आफैमा स्वागत योग्य भएको भन्दै भ्रमणमा गरिने सबै सम्झौता पञ्चशिलको आधारमा हुनु पर्ने बताए ।

परराष्ट्रविद डा निश्चलनाथ पाण्डेले मोदीको भ्रमण नेपालको लागि अवसर र उत्सव भए पनि गृहकार्य हुन नसकेको गुनासो गर्दै अब झिना मसिना कुरामा नअल्झिएर ठूला ठूला आयोजना विकासमा हस्ताक्षर गर्नु पर्ने सुझाव दिए ।