काठमाडौं, १५ साउन । भवन निर्माण तथा सम्भार डिभिजन कार्यालय अनामनगरका उपसचिव घुुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीवार उनलाई घुुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
अख्तियारको टोलीले उपसचिव सुरेशकृष्ण शर्मासहित दुई अधिकृतलाई ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
लेखा अधिकृत यादवबहादुर तिमल्सिना र शाखा अधिकृत रोशनबहादुर कठायत पनि त्यही कार्यालयमा कार्यरत कर्मचारी हुन् ।
















प्रतिक्रिया