३० आश्विन २०८३, शुक्रबार

गुल्मी सदरमुकाममा बम भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bomb-gulmi

अनिल खत्री

गुल्मी, १५ साउन । गुल्मीको सदरमुकाम तम्घासमा सकेट बम फेला परेको छ ।

रेसुङ्गा नगरपालिका ९ स्थित गोकर्ण भुजेलको बारीमा सकेट बम फेला परेको हो । जिल्ला कृषि विकास कार्यालय नजिकै भुजेलको वारीमा खाड्ल खन्ने क्रममा उक्त बम भेटिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । फेला परेको सकेट बमलाई अहिले सुरक्षाकर्मीहरुले सुरक्षा दिएर राखेका छन ।

बमलाई डिस्पोजल गर्नका लागि नेपाली सेनाको २२ नम्बर बाहिनी अड्डा बुटबललाई खवर गरिएको गुरु गोरख गुल्म थागिथुम ब्यारेकका सेनानी भिमशकंर बलमे जानकारी दिनुभएको छ ।

द्वन्द्वको समयमा उक्त बम राखिएको हुनसक्ने अनुमान गरिएको छ ।