३० आश्विन २०८३, शुक्रबार

सर्वदलीय बैठकमा मोदी भ्रमणबारे दलहरुले के दिए सुझाव ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarbadaliya-baythak-final2

काठमाडौं, १५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा के–कस्ता सम्झौता गर्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी नेताहरुले भारतीय प्रधानमन्त्रीको उक्त भ्रमण दुवै राष्ट्रको हितमा हुनुपर्ने सुझाव दिएका छन् ।

बैठकमा मोदीको नेपाल भ्रमण सफल वनाउन अहिलेसम्म गरिएको गृहकार्यवारे प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकमा जानकारी गराइएको थियो ।

बैठकले मोदीको नेपाल भ्रमणका क्रममा नेपाल–भारत उर्जा व्यापार सम्झौता गर्ने सैद्धान्तिक सहमति जुटाएको थियो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भने उपस्थिति रहेको थिएन ।