३० आश्विन २०८३, शुक्रबार

टीकापुरसँग सम्पर्क टुट्यो मनुवाको

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tikapur

रमेश पाण्डेय

टीकापुर, १५ साउन । कैलालीको टीकापुर नगरपालिका वडा नंं। ६ शंकरपुर र मुनुवा गाविस वडा नं। ८ गोलौरीका वासिन्दाको अहिले सम्पर्क नै टुटेको छ ।

टीकापुरको वडा नं ६ र मुनुवा गाविसको वडा नं ८ मा पर्ने वन्दरिया खेलामा नियमक निकायले वास्ता नगर्दा बर्षातको समयमा आवतजावत गर्न कठिनाई भएको हो । अहिले सदरमुकाम आउन पनि घण्टौ हिड्नु परेको छ । यसबाट आफूहरुलाई निकै सास्ती भएको शंकरपुरका स्थानीय लोकेश बिक बताउँछन् ।

अहिले बर्षाको समयमा खोलामा दलदल हुनेहुँदा मानिसहरुलाई आवतजावत गर्न कठिनाइ हुने र यसको बिकल्पमा घण्टौ लामो बाटो हिडेर आफ्नो दैनिक उपभोग्य सामान लिन जानुपर्ने बाध्यता रहेको गुनासो गरे ।

‘यस ठाउँमा पहिलेदेखि नै पुलको आवश्यकता हो । तर, पनि अहिलेसम्म कसैले चासो दिएन ।’ बिकले भने– ‘जोशिपुर, मुनुवा र टीकापुरको वडा नं ६ लाई छोटो र सजिलो बाटो यही भए पनि पुलको अभावमा लामो बाटो हिड्नु परेको छ ।’

दैनिक भैपरि आउने समस्या, बिरामीलाई उपचारका लागि लैजान समेत कठिनाई भएको स्थानीय बमबहादुर बिकले बताए ।

टीकापुर नगरपालिकाका कार्यकारी अधिकृत यमलाल अधिकारी भने जिल्ला विकास समितिसँग समन्वय गरेर काम गर्दा सजिलो हुने बताए । त्यस्तै जिल्ला विकास समिति कैलालीका योजना शाखाका गुनसिंह चौधरीले सिचाइ योजना अन्तरगत पर्ने बताउँदै नियमक निकायमा कुरा राख्न सल्लाह दिए ।