काठमाडौं, १५ साउन । एमाओवादी भारतसँग उर्जा ब्यापार सम्झौता (पीटीए) गर्न सकारात्मक देखिएको छ ।
बिहीबार प्रचण्ड निवास लाजिम्पार्टमा भएको स्थायी समिति बैठकले यस्तो सकारात्मकता देखाएको हो । बैठकमा एमाओवादीका उर्जा विभागका नेताहरुको पनि उपस्थिति रहेको थियो ।
बैठकमा नारायणकाजी श्रेष्ठले उर्जा ब्यापार सम्झौताको तयारीबारे ब्रिफिङ गर्नुभएको स्रोतले बतायो ।
श्रेष्ठको ब्रिफिङपछि बैठकले जलविद्युत आयोजनालाई अलग गरेर विद्युत व्यापार सम्झौतामात्रै गर्दा फरक नपर्ने निश्कर्ष निकालेको थियो । बैठकमा बाबुराम भट्टराई निकटका नेता देवेन्द्र पौडेललगायतको पनि उपस्थिति रहेको थियो ।
पार्टीबाट पीटीएबारे सकारात्मक प्रतिक्रिया पाएपछि प्रचण्ड सर्वदलीय बैठकमा भाग लिन बालुवाटारतिर लागेका हुन् ।
















प्रतिक्रिया