१ कार्तिक २०८३, आइतबार

ब्यापारी र कृषकको आन्दोलनले तेह्रथुममा यातायात बन्द

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

terathum-bazar

तेह्रथुम, १४ साउन । तेह्रथुमका ब्यापारीले र कृषकहरुले बुधवार जिल्लाभरी यातायात बन्द गराएका छन् ।

उनीहरुले जिल्ला विकास समिति तेह्रथुमले कृषिजन्य वस्तुको निकासी करमा मूल्य बढाएको भन्दै यातायात बन्द गराएका हुन् ।

बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् ।

तेह्रथुम हुँदै सखुवासभा जाने यातायातका साधन समेत तेह्रथुमको चित्रे वजारमा अलपत्र परेका छन् ।

जिल्ला विकास समितिले मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

उनीहरुले १६ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

त्यो दिनसम्म पपनि माग पूरा नभए आमहड्ताल गर्ने उनीहरुले चेतावनी दिएका छन् ।