३० आश्विन २०८३, शुक्रबार

कहानी भयो मेलम्चीको पानी, सुरुङ निर्माण कार्य पाँच महिनादेखि ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

melamchi-tunnel

हेलम्बु, १४ साउन । लाङटाङ राष्ट्रिय निकुञ्ज र मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्ने ठेकेदार कम्पनीबीचको विवादले आयोजनाको सुरुङको मुहान क्षेत्रमा पाँच महिनादेखि निर्माण कार्य अवरुद्ध भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानभन्दा माथि रिर्बमा क्षेत्रमा खोलाको डाइर्भसन गर्ने क्रममा ठेकेदारले निकुञ्ज क्षेत्रका रुखबिना अनुमति काटेपछि निर्माण कार्य रोकिन पुगेको हो ।

आयोजनाको सुरुङ निर्माण कम्पनी सिएमसी इटलीले मुहान क्षेत्रको सुरुङ र खोला डाइर्भसनलगायतका काम गर्न युनाइटेड विल्डर्सलाई सव कन्ट्रयाक्ट दिएको र सो विल्डर्सले निकुञ्जको अनुमति बेगरनै रुखहरु काटेपछि निकुञ्जले निर्माण कार्यलाई रोकेको थियो । तर निर्माण कार्य रोकिएको पाँच महिना बितिसके पनि हालसम्म पनि निर्माण सुचारु हुनसकेको छैन ।

मेलम्ची अयोजनाले निकुञ्जसँग निर्माण क्षेत्रका रुख र बुट्यान पन्छाउन अनुमति मागेको पाँच महिना भएपनि राष्ट्रिय निकुञ्ज विभागबाट स्वीकृति प्राप्त नभएकाले काम स्थगन भएको युनाइटेड विल्डर्सका पूर्णमान हिराचनले बताउनुभयो । उहाँका अनुसार खोला डाइर्भसन गर्न नदी छेउछाउका केही बुट्यान र सामान्य रुखहरु मात्र काटिएको हो तर निकुञ्जले काममा रोक लगाएकाले सुरुङ निर्माण कार्यलाई वेश बनाउननै पाइएको छैन ।

पाँच महिनासम्म पनि मेलम्ची खानेपानी आयोजना विकास समिति र सहरी विकास मन्त्रालयले वन तथा भूसंरक्षण मन्त्रालयसँग प्रभावकारी समन्वय गरी समयमै समस्या समाधान नगरेकाले मेलम्ची जस्तो राष्ट्रिय महत्वको आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको छ ।

मेचम्ची खानेपानी आयोजनाका एक प्राविधिक अधिकृतका अनुसार सुरुङको मुहान क्षेत्र अम्बाथानमा अडिटको काम अगाडि बढ्न नसक्दा सो आयोजना समयमै पूरा हुन नसक्ने परिस्थिति सिर्जना भएको छ ।

सरकराले विसं २०७३ वैशाख २ गते काठमाडौँ उपत्यकाभित्र मेलम्चीको पानी आउने घोषणा गरेपनि अम्बाथानको निर्माणमा भएको अन्योलले गर्दा सो सम्भावना घटेको छ ।

तोकिएको समयभन्दा पाँच महिना पहिलेनै सुरुङ निर्माण कार्य सकेर बोनस लिने हल्ला गरिरहेको इटालियन कम्पनी सिएमसीले निर्माण कार्यमा भने खास तत्परता प्रदर्शन गर्न सकेको छैन उल्टै सुरुङ निर्माणमा अनुभव र क्षमता नभएका स्थानीय ठेकेदार कम्पनीलाई काम बाँडेर लगाएको छ ।