२९ आश्विन २०८३, बिहिबार

भारतीय नोट प्रयोगमा ख्याल गर्नुस्, नेपालमै हुन्छ जाली नोटको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-paisa

गौशाला, १४ साउन । महोत्तरी जिल्लाको १३ वटा गाविसमा भारतीय जाली नोटको कारोबार दिनानुदिन बढ्दै गइरहेको छ ।

भारतको विहार राज्यको सीतामढी र मधुवनी जिल्लासँग जोडिएको १३ वटा गाविसमा भारतीय जाली नोटको व्यापक कारोबार हुने गरेको खुलासा भएको छ ।

भारतसँग ३८.४७ किलोमिटर सीमा जोडिएको महोत्तरीको सीमावर्ती जलेश्वर नगरपालिकाको भिट्ठामोड, नैन्ही, बथनाहा, मटिहानी, खैरबन्नी, सिस्वाकटैया, रघुनाथपुर, पोखरभिण्डा, इटहर्वाकट्टी, मनरा, पर्सा पतैली, सुगा भवानीपट्टीलगायतका नाकामा जाली नोटको कारोबार हुने गरेको खुलासा भएको हो ।

नेपालमा प्रतिबन्धित एक हजार र ५०० का नक्कली भारु नोटसहित एक साताअघि एक युवक जिल्लाको मुख्य भन्सार कार्यालय भिट्ठामोड अगाडि नै पक्राउ परेपछि जिल्लामा व्यापक रूपमा भारतीय जाली नोटको कारोबार हुने गरेको रहस्य खुलेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

भारतीय रुपैयाँको सहज उपलब्धतालाई राष्ट्र बैंकले नियन्त्रण गरेदेखि भारतीय रुपैयाँको अभावले गर्दा सीमा क्षेत्रमा अवैध सटही कारोबार बढ्दै गएको र सोही आडमा जाली नोटको कारोबार पनि फस्टाउँदै गएको प्रहरीको अनुमान रहेको छ ।

महोत्तरीको सीमावर्ती गाविसमा भइरहेको अवैध जाली नोटको कारोबार नियन्त्रण तथा त्यसमा लागेका व्यक्तिको खोजी व्यापक रूपमा भइरहेको र पक्राउ परेकामाथि खोटा चलनअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।