१ कार्तिक २०८३, आइतबार

नौ करोड धरौटी बुझाउन नसकेपछि जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taskari-Gold-850x636

चौतारा, १३ साउन । अवैध रुपमा २० किलो सुन तस्करी गरेको अभियोगमा भन्सार प्रमुखले मागेको धरौटी बुझाउन नसक्दा सिन्धुपाल्चोकको लिस्ती–४ निवासी दावा लामालाई कारागार चलान गरिएको छ ।

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीको एकल इजलाशले अभियुक्त लामासँग बरामद सुनको भन्सार मूल्याङ्कनअनुसार माग गरिएको रु नौ करोड धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको हो ।

भन्सार ऐनअनुसार भन्सार प्रमुखलाई न्यायिक अधिकार दिइएको हुन्छ । सोही अधिकारअनुसार विदेशीको हकमा थुनामा राखेर अनुसन्धान गर्नुपर्ने र स्वदेशीको हकमा बिगो बराबरको धरौटी लिएर तारेखमै अनुसन्धान गर्न सक्ने र धरौटी लिएर तारेखमा छाड्न सक्ने अधिकारसमेत प्रदान गरिएको छ ।

भन्सार कार्यालयले दिएको मूल्याङ्कनको आधारमा सो नाकाबाट २०७० मङ्सिरदेखि २०७१ साउन ११ गतेसम्म कुल रु २७ करोड एक लाख ७० हजार ५९३ मूल्य बराबरको ५९ किलो पाँच तोला ६४ ग्राम अवैध सुन बरामद गरिएको छ ।

समातिएका दुई महिलासहित सात चिनियाँ र एक महिलासहित पाँच नेपाली हाल कारागारमा बन्दी जीवन बिताइरहेका छन् । सुुन तस्करीमा ठूलै गिरोह रहेको अनुमान गरिए पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । पक्राउ परेकाहरुले आफूहरु भरियामात्र भएको बयान दिएको प्रहरीले जानकारी दिएको छ ।