काठमाडौँ, साउन १३ ।
नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशन्न भ्रमणका क्रममा राष्ट्रहित अनुकुल रहेर मात्र सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो सु्झाव दिएको हो ।
बैठकमा पदाधिकारीहरूले कांगे्रस सभापति समेत रहनु भएका प्रधानमन्त्री सुशील कोइरालालाई त्यस्तो सुझाव दिएको बैठकम सहभागी नेताहरुले बताए । भारतीय प्रधानमन्त्री मोदीले आगामी साउन १८ गते नेपालको भ्रमण गर्ने तय भएको छ ।
बैठकले मुलुकको स्वार्थलाई ध्यानमा राखेर उर्जा, आर्थिक, दुई पक्षीयहितका विषयमा सम्झौता गर्न पनि सुझाव दिएको थियो ।















प्रतिक्रिया