काठमाडौं, १३ साउन । हामी पनि केही गर्न चाहान्छौँ भन्ने नारासहित देशका बिभिन्न भागबाट अध्ययनका लागि काठमाडौं आएका केही युवाले प्राकृतिक प्रकोपर विपन्नतामा परेकाहरुलाइ वितरण गर्न विश्वकपका जर्सी संकलन अभियान सुरु गरेका छन् ।
विश्वकपले बिदा लिएसँगै बजारमा ती जर्सीहरु लगाएर हिड्ने चलन घटेको, त्यतिबेला किनिएका धेरै जर्सीहरु आज बेकामे भएर थन्किएकाले यो अभियान थालेको युवाहरुले बताएका छन् ।
‘कतिपयले अर्को विश्वकपसम्मलाई भनेर पनि राखेको त कतिपयले त आफ्नो टिमले हारेको झोँकमा जर्सीनै च्यातने र जलाउने कामसम्म पनि गर्ने गरेको पाइएको छ । तर, ती जर्सीहरुले प्राकृतिक प्रकोप र विपन्नतामा परेकाहरुलाई अलिकति भए पनि राहात मिल्न सक्छ, अभियानका संयोजक सन्तोष पाण्डेले भने, ‘प्राकृतिक प्रकोप र विपन्नतामा परेकाहरुलाइ वितरण गर्न पाए पुण्य नै हुन्छ, त्यसैले विश्वकपका जर्सी संकलन अभियान सुरु गरेका हौं ।’
संकलित जर्सीहरु देशको प्राकृतिक प्रकोप र विपन्नतालाई पहिचान गर्न सक्ने कुनै राष्ट्रियस्तरको सामाजिक संस्थामार्फत वितरण गरिने पनि संयोजक पाण्डेले बताए ।

श्रावण १० गते वसन्तपुरमा उद्घाटन गरिएको संकलन कार्यको पहिलो दिनमै देशव्यापी रुपमा करिव ३ सय थान जर्सी संकलन भएको छ । जसमा सबैभन्दा धेरै ब्राजिलका जर्सी संकलन भएको अभियानमा सक्रिय अशोक खनालले बताए । फुटबलका जर्सी बाहेक अरु कपडा पनि संकलन भएको भन्दै उनलेसंकलन कार्य इटहरी, बिराटनगर, धरान, पथरी, दमक लगायतका स्थानमा विस्तार गर्ने जानकारी दिए ।
यो अभियानलाई देशव्यापी बनाउने आगामी साउन १७ गते शनिवार २ बजे वसन्तपुर जर्सी संकलन गरिनेछ । यस अभियानका बारेमा युवाहरुले www.facebook.com/jcnepal नामक फेसबुक पेज समेत बताएका छन् ।
त्रिलोचन कोइराला
















प्रतिक्रिया