१ कार्तिक २०८३, आइतबार

नेतालाई भन्दा मुस्लिम समूदायलाई नयाँ संविधानको चिन्ता !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

namaj-final

नेपालगञ्ज, साउन १३ । नेपालका राजनीतिक दललाई भन्दा पनि नयाँ संविधान बन्न नसकेकोमा बढी चिन्ता मुस्लिम समुदायलाई भएको छ ।

मुस्लिम समुदायले आफ्नो सबैभन्दा ठूलो पर्व ईद उल फित्र मनाउने क्रममा नेपालगञ्जमा मुलुकमा शान्ति स्थिरता र संविधान निर्माणको कामना गर्दै सामूहिक नमाज पढेका छन् ।

ईस्लाम धर्मावलम्बीको बाहुल्य रहेको नेपालगञ्जमा मंगलवार हजारौंले सामूहिक रुपमा नमाज पढेका थिए ।

नेपालगञ्जको वीपी चौकमा रहेको ईदगाहमा हजारको उपस्थितिमा सामूहिक नमाज भईरहँदा हिन्दू र अन्य धर्मावलम्वीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।