जाजरकोट, १३ साउन । तेजाब छर्केर छ जनालाई घाइते बनाएका खलङ्गा– २ का अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आइतबार बेलुका घरमा लुकिरहेको अवस्थामा सादा पोसाकमा गएर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । जगत सुनार र रामबहादुर सुनारको पारिवारिक रिसइबीका कारण पटकपटक झगडा हुँदै आएको थियो । अर्जुन सुनारले छर्केको तजाब लागेर सुन पसलमा व्यापार गरिरहेका जगत सुनार, रमिता चन्द, दुर्गा श्रेष्ठ, गणेश शाह, भक्तबहादुर सुनार र रामबहादुर परियार घाइते भएका थिए ।
घाइतेमध्ये रामबहादुर र जगतलाई उपचारार्थ हेलिकप्टरबाट काठमाडाँै लगिएको छ । दुबैको अवस्था गम्भीर रहेको परिवारले जानकारी दिएको छ ।
अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीलाई अर्जुन सुनारले दिएको बयानमा तेजाब हानेको स्वीकार गरेका छन् । आफूमाथि भएको कुटपिटको बदला लिन तेजाब छर्केको उनको भनाइ छ ।
















प्रतिक्रिया