काठमाडौं १३ साउन । सरकारले विदेशीको शव नेपाल ल्याएर अन्त्येष्टि गर्ने नीतिगत बाटो खुल्ला गरिदिएको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विशिष्ठ विदेशी नागरिकको शव नेपाल ल्याएर अन्तेष्टि गर्न सक्ने नीतिगत व्यवस्था गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकले नेपालको समाजिक तथा सांस्कृतिक अवस्थामा खलल नपुग्ने गरी विशिष्ट विदेशी नागरिकको शव नेपाल ल्याएर अन्तेष्टि गर्न सक्ने निर्णय गरेको बैठकपछि एक मन्त्रीले जानकारी दिए ।
जेठ २८ मा जर्मनीमा हृदयाघात भएर देहत्याग गरेका भुटानी नागरिक बौद्ध धर्म गुरु कुन्जिग समरपा रिम्पोचेको शव उनकै इच्छाबमोजिम रानीबनको गुम्वामा अन्त्येष्टि गरिनेछ।
यसअघि गृह मन्त्रालयले उनको शव नेपाल ल्याउन रोक लगाएको थियो।शव ल्याउन दिनकै लागि आज बिहान मन्त्रिपरिषद बैठक बोलाइएको थियो। गैरनेपाली नागरिकको अन्त्येष्टिका लागि नेपालमा शव ल्याउन मिल्ने कानुनी प्रावधान नरहेकाले श्यामर्पाको शव ल्याउने विषय जटिल बनेको थियो।
रिम्पोचेका लागि अनुमति दिएपछि अब भारतमा रहेका तिब्बती धर्म गुरु दलाई लामा वा अन्य जोसुकैको शव पनि नेपाल ल्याएर सदगद गर्ने बाटो खुल्ला भएको छ ।
















प्रतिक्रिया