१ कार्तिक २०८३, आइतबार

नांगै पारेर श्रीमतीलाई घर निकाला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahila-himsa

गजुरी (धादिङ), १३ साउन । सदरमुकामस्थित नीलकण्ठ नगरपालिका– ३ की एक महिलालाई सोमबार राति उनका श्रीमानले कुटपिट गरी नांगै पारेर घर निकाला गरेका छन् ।

उत्तरी धादिङको बसेरी गाविसका पूर्वअध्यक्ष डम्मर ढकालले आफ्नी श्रीमती ४५ वर्षीया राधा ढकाललाई सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी नांगै पारेर घर निकाला गरेको प्रहरीले जानकारी दिएको छ ।

‘पहिला कुटे, त्यसपछि लगाइराखेको लुगा च्याते । घाँटीमा लगाएको तिलहरी र गहना पनि लुछे । घरबाट निकालेर लुगासमेत लगाउन दिएनन्’– पीडित महिलाले रुँदै बताउनुभयो ।

राति नांगै घरबाट निकालेपछि महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालको शरणमा पुगेकी राधाको उजुरीको आधारमा अभियुक्त ढकाललाई प्रहरीले राति नै गिरफ्तार गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताउनुभयो ।

पीडितलाई महिला अधिकारकर्मीले सुरक्षाघरमा राखेका छन् ।