वीरगन्ज (पर्सा), १३ साउन । प्रहरीले वीरगन्जबाट अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालको लक्ष्मणगढ जिल्ला निवासी २८ वर्षीय कन्हैया बर्मा रहेका छन् । उनको साथबाट २३९ ग्राम सुन बरामद गरिएका प्रहरीले जनाएकोे छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले जुत्ताभित्र सुन लुकाएर रक्सौलतर्फ जाँदै गरेका बर्मालाई वीरगन्जको शङ्कराचार्य गेट नजिकैबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बर्मालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा आज पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगन्जको नाका भएर सुनको अवैधरुपमा कारोबार हुने गरेको भन्ने जानकारी आएका कारण सीमामा कडाइ गरिएको प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।
















प्रतिक्रिया