३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय स्वाधीनताका लागि अर्को आन्दोलन आवश्यकः मोहन वैद्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan-baidhya

काठमाडौँ, १२ साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैैद्य किरणले राष्ट्रियता, जनजीविका र स्वाधीनताका लागि अर्को आन्दोलनको आवश्यकता रहेको बताउनु भएको छ ।

जनवादी कलाकार आरोह नेपालीको शब्द र सङ्गीतमा तयार पारिएको ‘क्रान्तिकारी जीवन’ नामक गीति एल्बमको सोमवार राजधानीमा सार्वजनिक गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘राष्ट्रियता, जनजीविका र स्वाधीनताका लागि जस्तोसुकै बलिदान दिन पनि हाम्रो पार्टी तयार छ,’ उहाँले भन्नभयो ।

उहाँले कार्यक्रममा पुराना सन्धि–सम्झौता खारेज गर्नुपर्ने आवाज नेकपा–माओवादीले उठाउँदै आएको भन्दै भारतले शतप्रतिशत ऊर्जाका स्रोत हडप्न षडयन्त्र गरिरहेको आरोप समेत लगाउनुभयो ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र सामना परिवारले आयोजना गरेको कार्यक्रममा अध्यक्ष वैद्यले खेम थपलियाद्वारा लिखित ‘जनप्रतिरोधका १० दिन’ नामक पुस्तकको पनि लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा राजु सिंह र मणि थापाले गीति एल्बम ‘क्रान्तिकारी जीवन’ को समीक्षा गर्दै यो एल्बम अन्तर्राष्ट्रियस्तरको रहेको बताउनुभयो ।

एल्बममा रमण थामी, दीपा महर्जन, निर्मला घिसिङ, रमेश विकले स्वर दिनुभएको छ भने नेत्रविक्रम चन्द, सुशीलसिंंह ठकुरी र आरोह नेपालीको शब्द तथा माइला लामाको सङ्गीत रहेको छ ।

कार्यक्रममा कलाकारहरु दीपा महर्जन, निर्मला घिसिङ, रमेश विकलगायतलाई सम्मान गरिएको थियो ।