३० आश्विन २०८३, शुक्रबार

एआइजीको बढुवा टुङ्गो छिट्टैः गृहमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam

विराटनगर, १२ साउन । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले अतिरिक्त प्रहरी नायब महानिरीक्षक (एआइजी)को बढुवा प्रहरी नियमावली अनुसार चाँडै टुङ्गो लाग्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अदालती प्रक्रियाको कारण ढिलाई भएको भन्दै उहाँले चाडैँ टुङ्गो लगाउने बताउँनु भएको हो ।

उहाँले सञ्चारकर्मीसँग संविधानसभाका २६ सभासद्को मनोनयन प्रक्रिया पनि नेकपा एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली स्वदेश फर्केलगत्तै हुने बताउनु भयो । ‘अब एक हप्ताभित्रमा २६ सभासद्को मनोनयन कार्य पूर्ण हुने छ,’ उहाँले भन्नुभयो ।

पार्टी उपाध्यक्षसमेत रहनुभएका गृहमन्त्री गौतमले विधिको शासनबाट सरकार सञ्चालन भइरहेको दावी गर्दै कांग्रेससँग भएको सातबुँदे सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

सरकार गठन हुनुपूर्व एमाले र काँग्रेसबीच भएकोे सहमति कार्यान्वयनप्रति काँग्रेस गम्भीर रहेको उल्लेख गर्दै उहाँले नयाँ संविधान जारी हुनु अगावै राष्ट्रपति तथा उपराष्ट्रपति अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री गौतमले आगामी ६ महिनाभित्र सहमतिको आधारमा सबैलाई मान्य हुने गरी सङ्घीय गणतान्त्रिक संविधान आउने विश्वास प्रकट गर्नुभयो । पूर्वाञ्चलस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन उपप्रधानमन्त्री गौतम सोमवार बिहान विराटनगर आउनुभएको हो ।