३० आश्विन २०८३, शुक्रबार

मंगलबार इदको सार्वजनिक बिदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ed-festivalकाठमाडौं, १२ साउन । इस्लाम धर्मालम्वीहरुको पर्व ईद (इदुल्ल फित्र) का अनवसरमा सरकारले भोलि मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले आज सूचना जारी गरेर भोलि मंगलबार एक दिन सार्वजनिक विदा दिइएको जनाएको हो । सूचनाका अनुसार मंगलबार मुलुक भरि सवार्जनिक विदा दिइएको छ ।

मुसलमानको महान् धार्मिक पर्व रोजा सोमबार सम्पन्न भई मंगलबार इद मनाइँदै छ ।

मुसलमानहरु यो पर्वका लागि गएको असार महिनाको १६ गतेदेखि उपवास अर्थात् रोजा बसेका थिए । विशेष महत्व राख्ने रमजान महिनामा मुसलमान कुरान पाठ गर्ने, अल्लाहको एवादत गर्ने, झुठो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखी असल काम मात्र गर्ने गर्दछन् ।

यो पर्वमा मुसलमानहरुमाझ इदगाहमा गई सामूहिक रुपमा प्रार्थना गरी आ–आफ्ना घरमा मिठोमिठो परिकार खाई खुसियाली साटासाट गर्ने चलन छ ।

यो पर्वलाई इदुल फित्र पनि भनिन्छ र यसलाई तीन दिनसम्म मनाइने गरिन्छ ।