३० आश्विन २०८३, शुक्रबार

ओली मंगलवार स्वदेश फर्किदैँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli baa

काठमाडौँ, १२ साउन । स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मङ्गलबार स्वदेश फर्कंदै हुनुहुन्छ । ओली मङ्गलबार मध्याह्न काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

उहाँ त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई यही साउन ९ गते डिस्चार्ज (फिर्ता) हुनुभएको थियो ।

अध्यक्ष ओली फङ्गल सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन साउन ६ गते सिङ्गापुर जानुभएको थियो ।

अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार अहिले उहाँको हातको समस्यामा सुधार आएको छ । उहाँ गत साउन ७ गते उक्त अस्पतालमा भर्ना हुनुभएको थियो ।