१ कार्तिक २०८३, आइतबार

मोदीलाई नेपालमा स्वागत छः नेकपा–माओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cp-gagurel

काठमाडौँ, १२ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा विरोध गर्ने बताउँदै आएको नेकपा–माओवादीले आफ्नो धारणामा परिवर्तन गरेको छ ।

सोमवार रजधानीमा आयोजित एक अन्तरक्रियामा नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले यस्तो संकेत गर्नुभएको हो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा कुनै पनि खालका विरोध आफ्नो पार्टीले नगर्ने बताउनु भयो ।

त्यति मात्र होइन उहाँले मोदीलाई भेट्न आफ्नो पार्टी इच्छुक रहेको समेत खुलासा गर्नुभयो । उहाँले विदेशमन्त्री सुष्मा स्वराजसँग समेत वार्ता गर्न चाहेको तर उहाँले नभेटेको भन्दै आश्चर्य व्यक्त गर्नुभयो ।

उहाँले नेकपा–माओवादी भारतसँग वार्ता गर्न सधैं तयार रहेको पनि बताउनु भयो । ‘पशुपतिनाथको दर्शन गर्न आउने भारतीय प्रधानमन्त्रीलाई विरोध होइन, हामी स्वागत गर्न चाहन्छौं,’ उहाँले भन्नु्भयो, ‘हामी भारत विरोधी होइनौँ, भारतीय सरकारसँग केही असहमति रहे पनि भारतीय जनता र राजनीतिक दलहरुसँग भने राम्रो सम्बन्ध रहेको छ ।’

गजुरेलले सन् १९५० को नेपाल भारत सन्धी पुनरावलोकन गर्ने सहमति सकारात्मक रहे पनि यसको कार्यान्वयन हेर्न बाँकी रहेको बताउनु भयो। पानी र विद्युतमा नेपालीको अधिकार रहने गरी उर्जा व्यापार सम्झौता हुँदा आफूहरुलाई कुनै आपत्ति नरहने समेत उहाँले बताउनुभयो।