काठमाडौँ, १२ साउन । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशन्न नेपाल भ्रमणका विषयमा केन्द्रित भएको छ ।
२६ सभासदको मनोनयन र उच्चस्तरीय राजनीतिक समितिको गठन लगायतका विषयमा सहमति जुटाउनका लागि डाकिएको बैठक मोदीको आशन्न नेपाल भ्रमणका विषयमा केन्द्रित भएको हो ।
‘बैठक भारतीय प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमणका विषयमा केन्द्रित भयो,’ एमाले उपाध्यक्ष भीम रावलले भन्नुभयो, ‘नेपालले उठाउने विषय र आवश्यक तयारीका बारेमा पनि बैठकमा छलफल भयो ।
बैठकमा मोदीको नेपाल भ्रमणलाई सफल र सार्थक बनाउन परराष्ट्र मन्त्रालय र जलस्रोत मन्त्रालयसँग छलफल गर्ने समेत निर्णय भएको छ ।
नेपाल–भारत सीमा विवाद र जलबिद्युत परियोजनाका बिषयमा भारत सरकारसँग छलफल गर्नुअघि जलस्रोत मन्त्रालयसँग छलफल गरिने छ । यस्तै बैठकमा संविधान निर्माणप्रक्रियालाई गति दिने विषयमा छालफल भएको भएको थियो ।
बैठकमा २६ सभासदको मनोनयनका विषयमा सामान्य छलफल मात्र भएको थियो । तीन दलको बैठक मंगलबार साँझ पुन बस्ने छ ।
















प्रतिक्रिया