गोरखा, १२ साउन । यातायात ब्यवसायी समिति गोरखाले जिल्लामा क्रियाशील राजनीतिक दलका नेता र समितिका पहुँचवाला पदाधिकारीलाई ३२ रुट बाँडेको विषयले अहिले गोरखामा तनाब भएको छ ।
गत साउन ४ गते राजनीतिक दलका नाउँमा रुट पर्मिट भागवण्डा गरेको भन्दै यातायात मजदुरहरुले गोरखामा सार्वजनिक सवारी साधन ठप्प पारेसँगै तनाब शुरु भएको हो।
जिल्लामा यातायात सञ्चालन गर्दै आएको गोरखा यातायातले जिल्लामा पकड भएका नेता तथा पहँुच भएका पदाधिकारीलाई मात्र रुट पर्मिट बाँडेको भन्दै मजदुरहरु यातायात बन्दमा उत्रिएका छन्।
अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात मजदुर संगठनलगायतका मजदुर संगठनले माग पूरा नहुँदासम्म यातायात सञ्चालन नगर्ने चेतावनी दिएका छन् ।
















प्रतिक्रिया