३० आश्विन २०८३, शुक्रबार

सप्तकोशीमा खतराको संकेत : रातो बत्ती बालियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saptakoshi-super-final-fina1

सुनसरी, १२ साउन । सप्तकोशीमा फेरि खतराको संकेत देखिएको छ । पूर्वी पहाडी जिल्लाहरुमा परेको अविरल बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै खतराको संकेत देखिएको हो ।

आइतवार साँझ पानीको बहाव प्रतिसेकेण्ड २ लाख १ हजार १ सय ६५ क्युसेक पुगेको थियो ।

पानीको बहाव बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाई सुनसरी, सप्तरी र उदयपुरका प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली तयारी अबस्थामा खटाइएको छ ।

पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । पानीको बढ्ने क्रम जारी रहेपछि कोशी व्यारेजका ५६ ढोका मध्ये २३ वटा खोलिएको प्रहरी चौकी कोसी व्यारेजले जानकारी दिएको छ ।