१ कार्तिक २०८३, आइतबार

‘डिनर ज्युनार’ पछि ज्ञानेन्द्र आज रातिबाट नागार्जुन जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyannendra

काठमाडौं, ११ असार । पूर्वराजा ज्ञानेन्द्र शाह आज रातिदेखि नागार्जुनमा बस्दै हुनुहुन्छ।

राति १० बजे निर्मल निवासमा डिनरपछि नागार्जुन जाने हुनुभएको हो। उहाँको साथमा पूर्वरानी कोमल, निजी सुरक्षा गार्ड सशस्त्र प्रहरीका डीएसपी उद्धव रावल र सहयोगी सुदन थापा जानुहुने भएको छ। करिब तीन महिना लामो बसाइका लागि उहाँहरू त्यसतर्फ जान लाग्नुभएको हो। दुई वर्षअघिदेखि नागार्जुन दरबार प्रवेश नगर्नुभएका पूर्वराजा ज्ञानेन्द्र पुत्र पारस नेपाल आउने हल्ला चलेपछि त्यसतर्फ जान लाग्नुभएको हो। पूर्वराजा नागार्जुन जाने निधो भएलगत्तै निजी कर्मचारीले करिब एक महिनाअघिदेखि नै दरबार सफाइ गरेका आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।