१ कार्तिक २०८३, आइतबार

नाति बचाउन खोज्दा बजै पनि भेरी नदीमा बगेर बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bheri-river

जाजरकोट, ११ साउन । नातिलाई बचाउन खोज्दा नाति र बजै दुवैजना भेरी नदीमा बगेर बेपत्ता भएका छन् ।

जाजरकोटको सीमा गाविस वडा नं ९ छेडाचौर निवासी सरिता नेपाली र उनका छ वर्षीय नाति जयबहादुर नेपाली भेरी नदीमा बगेर बेपत्ता भएका हुन् ।

शनिबार साँझ ६ बजे नातिलाई लिएर भेरी नदीमा कपडा सफा गरिरहेको अवस्थामा नाति एक्कासि नदीमा बगेपछि नातिलाई जोगाउन खोज्दा बजै सरिता पनि सँगै बेपत्ता भएकी स्थानीय पूर्ण महतराले बताउनुभयो ।

उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ । यो ठाउँमा पानीको समस्या हुँदा भेरी नदीमा कपडा सफा गर्नेदेखि पिउनका लागि समेत भेरीको दूषित पानी नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।