३० आश्विन २०८३, शुक्रबार

वामदेवले भन्दैमा मुख्य सचिव हट्दैनन्ः लालबाबु पण्डित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-Pandit-2

काठमाडौंं, ८ असार । उपप्रधानमन्त्री तथा नेकपा एकालेका कार्यबहाक अध्यक्ष वामदेव गौतमले भन्दैमा आफू मुख्य सचिव लीलामणि पौडेललाई हटाउन तयार नरहेको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन्। मुख्य सचिव पौडेललाई हटाउने चर्चा चलिरहेकै बेला पण्डितको यस्तो धारणा आएको हो।

पौडेललाई हटाएर अरूलाई नियुक्त गर्ने कुनै छलफल नै नभएको खुलासा गर्दै उनले भने, ‘गलत कम गर्ने पार्टी उपाध्यक्षले भनेको कुरा मैले मान्नुपर्छ भन्ने छैन। अहिले उनलाई हटाउने कुनै आवश्यकता पनि छैन।’

बुधबार एमाले पार्टी कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले भने,’कसैलाई मनमा लागेको कुरा होला, मलाई औपचारिक जानकारी छैन। यो विषयमा प्रधानमन्त्रीले पनि बोल्नु भएको छैन।त्यसैले अहिले उनलाई हटाउने कुरै आउँदैन।’

रामचन्द्र पौडेलले आफ्ना सम्धीलाई मुख्य सचिव बनाउन खेल खेल्दै गरेको हल्ला छ नि भन्ने प्रश्नमा पण्डितले भने, ‘जसलाई जे मन लाग्यो त्यहिँ गर्दैमा हुन्छ?’ आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ।