३० आश्विन २०८३, शुक्रबार

विदेशमन्त्रीको भ्रमण प्रधानमन्त्री मोदीको भ्रमणको पूर्व तयारीः भारतीय राजदुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-Ray-indian

काठमाडौ, ७ साउन । नेपालका लागि भारतीय राजदुत रञ्जित रेले विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व तयारी भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा उनले नेपालमा हुने दुई देशका विदेशमन्त्री स्तरीय बैठकमा भाग लिन स्वराज नेपाल आउन लागेको जानकारी दिँदै यसले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिने विश्वास ब्यक्त गरे ।

साक्षात्कारमा राजदुत रेले भने– ‘विदेशमन्त्रीको भ्रमण प्रधानमन्त्रीको भ्रमणको पूर्व तयारी हो । यसले छलफल र सम्झौताका एजेण्डाहरु तय गर्ने छ । नेपाल भारतवीचको सम्बन्धले अब नयाँ उचाई प्राप्त गर्छ । दुई देशको बीचमा रहँदै आएको ग्याप हट्छ ।’

उनले भारतीय प्रधानमन्त्री मोदीको प्राथमिकता छिमेकी मित्र राष्ट्रहरुको विशेषमा परेको उल्लेख गर्दै मोदी भुटान लगत्तै नेपाल आउन लागेको जानकारी दिए । भ्रमणले नेपाल भारत सम्बन्ध अझै प्रगाढ भएर जलविद्युत सहित सम्पूर्ण क्षेत्रमा बृहद साझेदारी सुरु हुने राजदूत रेको दाबी छ ।