
सुनसरी, ७ साउन । सुनसरी धरानका यातायात व्याबसायीको आन्दोलनका कारण दुई दिनदेखि कोशी राजमार्गमा पर्ने पहाडी जिल्लामा आवत–जावत गनैृ यातायातका साधन ठप्प भएका छन् ।
मितेरी यातायातको रात्रीकालीन सेवा बन्द गर्न दवाव दिदैँ उनीहरुले आन्दोलन गरेपछि पूर्वी पहाडी जिल्लाहरु धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर र खोटाङ जाने र त्यताबाट आउने सयौ सर्वसाधारण अलपत्र परेका छन् ।
मितेरी यातायात प्रालिले जेठ १ गतेदेखि काठमाडौं–तेह्रथुम रुटमा रात्रीकालीन बस सेवा सञ्चालनमा ल्याएदेखि नै धरानका यातायात व्यावसायीले विरोध जनाउँदै आएका थिए ।
मंगलबार विहान काठमाडौंबाट तेह्रथुम जाँदै गरेको ना ५ ख १२२५ नम्बरको मितेरी बसलाई धरानमा नियन्त्रणमा लिई टायरको हावा खुस्काएपछि विवाद उत्पन्न भएको थियो ।















प्रतिक्रिया