पर्सा, ७ साउन । वर्षाको मौसमसँगै तराईका जिल्लामा सर्पदंशको विगविगी वढ्न थालेको छ । मंगलवार मात्रै पर्सामा सर्पदंशकै कारण एक जनाको ज्यान गएको छ ।
विश्रामपुर–२ निवासी पुनदेव राउत अहिरको सर्पदंशकै कारण मृत्यु भएको हो ।
गोठमा सुतिरहेका बेला विषालु सर्पले उनलाई डसेको थियो ।
उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
अहिरलाई ढिलोगरी अस्पताल पु¥याएका कारण उपचारका क्रममा मृत्यु भएको अस्पतालको भनाई छ ।
















प्रतिक्रिया