३० आश्विन २०८३, शुक्रबार

भारतसँग जलस्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर हुँदैनः दुई माओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-mohan-baidhya

काठमाडौँ, ६ साउन । एमाओवादी र नेकपा–माओवादीले भारतसँग गर्ने भनिएको जलस्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न नदिन सहमत भएका छन् ।

राजधानीमा मंगलवार पत्रकार सम्मेलन गरी दुवै दलले भारतसँग जलस्रोत सम्झौता गर्न नदिने कुरामा एक ठाउँ भएका हुन् ।

उनीहरुले भारतसँग जलस्रोत सम्झौता नगर्न चेतावनी समेत दिए । आफुहरुलाई बेवास्ता गरी सम्झौता गरे आफूहरु जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको उनीहरुको भनाई थियो ।

पत्रकार सम्मेलनमा एमाओवादीको जलस्रोत विभाग प्रमुख लीलामणि पोख्रेलले जलस्रोतसम्बन्धी सम्झौता आवश्यक नभएको तर्क गर्नुभयो ।

सम्झौता नगर्दा नेपालको जलविद्युत् विकासमा कुनै बाधा नहुने उहाँको दाबी थियो ।

जलस्रोतसम्बन्धी प्रस्ताव भुटानी मोडेलको भएको भन्दै उहाँले भारतीय प्रस्ताव दुई देशबीचको व्यापारभन्दा पनि नेपालको जलस्रोत कब्जा गर्ने चाहनामा नेपालको सहयोग दाबी गर्नुभयो ।

नेकपा–माओवादीको जलस्रोत विभाग प्रमुख धर्मेन्द्र बास्तोलाले पनि नेपालका हरेक प्राकृतिक स्रोतमाथि कब्जा जमाउने बृहत् उद्देश्यबाट भारतले यस्तो प्रस्ताव गरेको दाबी गर्नुभयो ।