३ कार्तिक २०८३, मंगलबार

नेपाली सेनाको शान्ति स्थापनामा ठूलो योगदान छः हेर्भी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

undp-1

काठमाडौँ, ६ साउन । संयुक्त राष्ट्रसंघका उपमहासचिव हेर्भी लाड्सौसले नेपाली सेनाले विश्वमा शान्ति स्थापनामा ठूलो योगदान गरेको बताउनु भएको छ ।

दुईदिने नेपाल भ्रमण पूरा गरी मंगलवार अमेरिका फर्किने क्रममा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।

उहाँले नेपाली सेनाले विश्वमा शान्ति स्थापनामा ठूलो योगदान गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।

नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा सहभागी हुन थालेको झन्डै आधा दशकको अवधिमा १३ ओटा मिसनमा एक लाखभन्दा बढी सुरक्षाकर्मी सहभागी भइसकेको राष्ट्रसंघले जनाएको छ ।