चितवन, ६ साउन । प्रेस चौतारी चितवनको छैटौं जिल्ला अधिवेशन साउन ३१ गते भरतपुरमा हुने भएको छ ।
जिल्ला कमिटिको मंगलवार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न अध्यक्ष शालिग्राम नेपालको संयोजकत्वमा मुल तयारी समिति गठन गरेको छ । त्यस्तै उपाध्यक्ष शिसिर सिंखडाको संयोजकत्वमा ब्यबस्थापन उपसमिति, सचिव तीर्थ नेपालको संयोजकत्वमा संगठन सुदृढिकरण उपसमिति र कोषाध्यक्ष सुवास पण्डितको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ । साथै बैठकले नया सदस्यता र सदस्यता नविकरण आगामी साउन २५ गते सम्ममा गरिसक्न सम्पूर्ण सदस्यहरुलाई आह्वान गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी अधिवेशनलाई ब्यबस्थित ढंगले सम्पन्न गराउन सहयोग गरिदिन चौतारीले आगह गरेको छ । शाखा अध्यक्ष शालिग्राम नेपालको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले चितवनका प्रचार बिभाग प्रमुख अरुणपिडीत भण्डारी, चौतारी नारायणी अञ्चल कमिटि अध्यक्ष तीलक रिमाल , प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष रामवावु सुवेदी लगायतले मन्तब्य राख्नुभएको थियो ।
















प्रतिक्रिया