
इटहरी, ६ साउन । केही यातायात व्यवसायीहरूले नियम विपरीत तेह्रथुमबाट काठमाडाँैका लागि रात्रि बस सञ्चालन गरेको भन्दै कोसी राजमार्गमा यातायात व्यवसायीले नै यातायात बन्द गरेका छन् ।
बन्दका कारण पहाडी जिल्लाहरू सङ्खुवासभा, धनकुटा, भोजपुर, तेह्रथुमलगायतमा धरानबाट दैनिक १५३ बस र १०० को हाराहारीमा चल्ने माइक्रोबस ठप्प भएका छन् ।
बन्दका कारण पूर्वी पहाडी जिल्लातिर हिँडेका सयौँ यात्रु धरानमा अलपत्र परेका छन् । व्यवसायीहरूले पूर्व जानकारी बिना सार्वजनिक सेवाका सवारी साधन बन्द गर्दा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ ।
मितेरी यातायात प्रालिले धनकुटाको हिलेबाट काठमाडौँका लागि रात्रि बस सञ्चालन गर्ने सहमति गरे पनि तेह्रथुमको म्याङ्लुङबाट रात्रि बस सञ्चालन गरेका कारण आफूहरू मारका परेकाले आन्दोलित हुनुपरेको कोसी बस व्यवसायी सङ्घका उपाध्यक्ष तथा कोसी पहाडी रुट व्यस्थापन समितिका संयोजक नन्दु लम्सालले बताउनुभयो । उहाँले विवादको अन्त्य नभएसम्म बन्द आन्दोलन जारी रहने जिकिर गर्नुभयोे ।















प्रतिक्रिया