३० आश्विन २०८३, शुक्रबार

छातीमा खुकुरी रोपिँदा बालकको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khotang_district

खोटाङ, ६ साउन । खुकुरीमा धार लगाउने क्रममा लडेर सोही खुकुरी छातीमा रोपिँदा खोटाङमा एक बालकको ज्यान गएको छ ।

राजापानी–७ का प्रेमबहादुर राईका ११ वर्षीय छोरा प्रदीप राई सोमबार बेलुका पिँडीमा बसेर खुकुरीमा धार लगाउँदै गर्दा चिप्लिएर खुकुरीमाथि लडेर छातीमा घोपिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । छातीमा गहिरो चोट लागेका उनको घटनास्थलमै ज्यान गएको स्थानीयवासीको भनाइ छ ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बताउनुभयो । उहाँका अनुसार घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरीको टोलीसमेत खटाइएको छ ।